रेडियो

 

सुदुरपूर्व कञ्चनजंघाको काखमा रहेको ताप्लेजुङ जिल्ला धार्मिक, साँस्कृतिक तथा पर्यटकिय स्थलको रुपमा प्रसिद्ध छ । ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौंको स्थापना करिब २ दशकको संघारमा छ, यस अवधिमा सरोकार केन्द्रले ताप्लेजुङ जिल्लावासी र ताप्लेजुङको हरेक विपत्तिहरुमा सहभागी भई निरन्तर सामाजिक कार्यमा लागिरहेको अवगत नै छ । ताप्लेजुङ सरोकार केन्द्र देशकै ठुलो र सामाजिक क्षेत्रमा सक्रिय संस्थाको रुपमा परिचत छ । यस संस्थाले सिंगो देशलाई नै सामाजिक एकताको सन्देश दिलाउने  कार्यक्रम ताप्लेजुङ्ग वनभोज सम्भवत देशकै ठुलो हो, यो वनभोज कार्यक्रम जिल्लाबासीहरुको भेटघाट, चिनजान, खुसि साटासाट, माया-सद्भाव आदान-प्रदान, मनोरन्जन साथै सामाजिक एकता र सद्भाव कायम राख्ने उदेश्यले आयोजना गरिन्छ । बनभोज कार्यक्रम ताप्लेजुङ जिल्लाको साझा संस्था ताप्लेजुङ सरोकार केन्द्र द्वारा आयोजना गरेको हुदाँ ताप्लेजुङबासीहरु आकर्षित हुन् स्वाभाविक छ । समय सँगै अहिले आएर जिल्लामा मात्र सिमित नभई अन्य जिल्लावासीको पनि उत्तिकै सहभागिता बढ्दै गएको देखिन्छ, त्यसैले देशकै सामाजिक सद्भाव र एकताको नमुना बन्दै गएको देखिन्छ ।

यस बनभोज कार्यक्रमा राज्यको उच्च ओहदामा आसिन प्रतिष्ठित व्यक्तिहरु,राष्ट्रसेवकहरु,शिक्षासेवीहरु,प्राध्यापक,डाक्टर,इन्जिनीयर,वरिष्ट अधिवक्ताहरु,कलाकार,साहित्यकारहरु, बिभिन्न जातजाति,संस्कृति प्रेमीहरु तथा सामाजिक अभियन्ताहरु साथै देश बाहिर हुने जिल्लाबासी बुबा-आमा दाजुभाई दिदीबहिनीहरु बनभोजमा एक दिन भए पनि पुराना साथि-संगी भेटघाट गर्ने उदेश्यले सहभागी हुने गरेकाे पाईन्छ ।

ताप्लेजुङ वनभोज सदा झैँ मिति २०८० फाल्गुन १९ गते शनिवार भक्तपुरको गुण्डु स्थित मन्थली डाँडा मा हुने संस्थाका उपाध्यक्ष तथा १२औं बनभोज कार्यक्रम संयोजक उधोगी ब्यबसायी बल बहादुर तामाङ ज्युले जानकारी दिंदै उपत्यकामा रहनुहुने सम्पुर्ण ताप्लेजुङबासी साथै देश-विदेशमा रहनुहुने महानुभावहरुमा उपस्थितिको लागि निमन्त्रणा गर्नु भएकोछ ।

अघिलो सालको केहि झलकहरु:-

अध्यक्ष टंक श्रेष्ठ ज्युको हात वाट प्रतिनिधि सभाध्यक्ष सभामुख देबराज घिमिरे ज्युलाई सम्मान पत्र प्रदान गर्नु हुँदै ताप्लेजुङ काठमाण्डौ सामाजका अध्यक्ष डम्बरबहादुर तुम्फाहाङफे ज्यु आफ्नो भनाईहरु राख्दै महासचिव सन्तोष  मादेन ज्यु द्वारा कार्यक्रम संचालन गर्दै११औं/१२औं बनभोज कार्यक्रम संयोजक बल बहादुर तामाङ ज्यु आफ्नो भनाईहरु राख्दै ११औं/१२औं बनभोज कार्यक्रम संयोजक बल बहादुर तामाङ ज्यु ले विशेष अथिति युवा नेता महेश बस्नेत ज्यूलाई  बिशेष धन्याबाद दिंदै ताप्लेजुङ बाट निर्बाचित प्रतिनिधि सभा सदस्य तथा नेकपा एमाले सचिब योगेश भट्टराई सँग सामुहिक तस्बीरयुवा ब्याबसायी बनभोजको आनन्द लिंदैसामुहिक रमाईलो गर्दैबर्षौ भेटघाट नभएको बनभोजले जुडाई दिएको भेटमा पारिवारिक तस्बिरआफ्नै संसारमा रमाउदैरमाईलो गर्दैसाथीभाईको सामुहिक फोटोताप्लेजुङ बनभोजमा रामेछापबासीहरु पनि रमाउदै उपमहासचिब डण्डु लामासुन्दर हरियाली जंगल सँगको तस्बिर पारिवारिक तस्बिर  खिच्दै साथीभाई रमाउदै

सम्पर्क:

९८५१०१२९६९

९८५१०७८६७०

९८४३९३७४१७

९८५१०७०७६१

९८५१०९७५५६

९८४१५०१६७६

९८५११३४९३६

९८१८९६९८०५

९८५११९९४२०

 

सम्बन्धित

Copyright © 2015-2025 Dhanjit Limbu