रेडियो

पूर्वी नेपालमा बसोबास गर्ने किराँत लिम्बू समुदाय नेपालको कुल जनसंख्याको करिब १.४३% (झण्डै ४ लाख) को हाराहारी मात्र हो तर, संख्या सानो भए पनि यसको उपस्थिति र प्रभाव भने अन्य ठूला जनसंख्या भएका समुदायभन्दा फरक र प्रखर रूपमा देखिँदै आएको छ ।

पहिचानको लडाइँदेखि सडक आन्दोलन र सदनसम्म, भाषा-संस्कृति देखि भेषभूषासम्म, गोर्खा सैनिकदेखि नेपाली सुरक्षासम्म, सर्जक-बौद्धिकदेखि आम नागरिकसम्म-गीत-संगीतदेखि सामाजिक बहससम्म लिम्बू समुदाय निरन्तर चर्चाको केन्द्रमा रहँदै आएको छ ।

चाहे जित होस् वा हार, योगदान होस् वा विवाद, यहाँसम्म कि नेपाल एकीकरणको इतिहाससम्म-यस समुदायको उपस्थिति कहिल्यै ओझेल पर्दैन।

पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा लिम्बू समुदायको प्रतिनिधित्व शून्य देखिएको विषय होस् वा बालेन्द्र शाह (बालेन) ले लगाएको सि-लामसाक्मा (परम्परागत मुन्धुमी सङ्केत) यी विषयहरूले राष्ट्रिय स्तरमै बहस र चासो सिर्जना गरेका छन् ।

यो केवल संयोग मात्र होइन, लिम्बु जातिहरु प्राकृतिक पुजक र प्राकृतिक प्रेमी भएकोले मुन्धुमी सांस्कृतिक परम्परा, प्राकृतिक तथा धार्मिक स्थल संरक्षण, ऐतिहासिक पहिचानमा, प्रदेश नामकरण जस्ता विषयहरूले सडक आन्दोलन देखि सदन सम्म निरन्तर सार्वजनिक बहसको केन्द्रमा राखिरहेका छन् ।

समग्रमा हेर्दा, लिम्बू समुदाय संख्या सानो भए पनि यसको सामाजिक, सांस्कृतिक र राजनीतिक प्रभाव विशिष्ट छ ।

आज सम्मको अवस्था हेर्दा यसको उपस्थिति रोकिने देखिंदैन, झन् सशक्त बन्दै अघि बढिरहेको देखिन्छ, त्यसैले अबको नयाँ सरकारले गम्भीर भई समुदायका जायज मागहरूलाई समयमै सम्बोधन गर्नु आवश्यक छ किनकि राष्ट्रको संवेदनशीलता राष्ट्रियताको दीर्घकालीन हित हुनेछ ।

सम्बन्धित

Name: Dhanjit Limbu

Phone: 9813434936/9851134936

E-mail: [email protected]

Address: Sinamangal-9,Tilganga Kathmandu

Website: https://www.dhanjit.com.np

Facebook Youtube Twitter
Copyright © 2015-2026 Dhanjit Limbu