सेवानिवृत्त जीवन सुखद, स्वस्थ, शान्त र आनन्दमय रहोस्। साथै, जन्मदिनको हार्दिक मंगलमय शुभकामना, आदरणीय गुरु वसन्त सर। 🙏🎂
जुन बेला सडक थिएन, तेह्रथुमको जिल्लाको वसन्तपुरबाट तीन दिनसम्म उकाली-ओराली र घनाजङ्गलको बाटो हिँडेर मात्र साविक साँबा गा.वि.स.हालको मिक्वाखोला गाउँपालिका-४, साँबा पुगिन्थ्यो। त्यस्तो दुर्गम ठाउँमा तराईको सप्तरी, समथर भूभाग, त्यहाँको हावापानी, रहनसहन र तराई संस्कृतिमा हुर्किनुभएका तपाईं जस्तो शैक्षिक व्यक्तित्व पुगेर निरन्तर शिक्षाको ज्योति बालिरहनु आफैँमा एउटा प्रेरणादायी इतिहास हो।
तपाईंले चाहनुभएको भए सुविधासम्पन्न ठाउँमा वा आफ्नै गृहजिल्ला-गाउँतिर सरुवा भएर मागेर जानु सक्नुहुन्थ्यो र कसलाई लाग्दैन र ! परिवार सँगै नजिकै बसेर जागिर खान, तर त्यसो कहिले गर्नुभएन, जुन बेला दुर्गम साँबालाई नै आफ्नो कर्मभूमि बनाएर आउनु भयो त्यो बेला २/४ जना बाहेक S.L.C. गर्ने थिएनन् र उहाँहरुले पनि आ-आफ्नो तर्फ बाट भरपुर प्रयास गरिरहनु भएको थियो उहाँहरुलाई आजीवन सम्मान छ, तपाईको आगमण र वर्षौँसम्म एउटै ठाउँमा रहेर शैक्षिक क्षेत्रमा अझ थप योगदान सँगै समाजमा निरन्तर दिनुभयो। 🙏
म बच्चा हुँदा प्रदीप सरसँगै साँबा मा.वि.मा अध्यापन सुरु गर्नुभएको करिब ३५ वर्षअघिको त्यो समय सम्झँदा आज पनि सपना जस्तै लाग्छ। त्यसको केही वर्षपछि कक्षाकोठामा तपाईंले सिकाउनुभएका कुराहरू पनि तीन दशकभन्दा बढी भइसकेछ, तर ती सम्झनाहरू आज पनि मनमा उत्तिकै ताजै छन्।
समय बित्दै गयो। मेरा बच्चाहरूका पनि बच्चा अर्थात् नातिनातिनाहरू हुने बेला आइसक्यो। तर तपाईंले त्यसै ठाउँमा निरन्तर शिक्षाको दीप बालेर दिनुभएको योगदान र समर्पणलाई म मात्र होइन, सिङ्गो गाउँ-समाजले लामो समयसम्म सम्झिरहनेछ 🙏
जवानी नमरोस्, जीवन दीर्घ रहोस् र दैवले सधैँ साथ दिइरहोस्। अझै पनि आदरणीय गुरुसँगै बसेर दर्शन गर्ने, मिठो चिया–कफी पिउँदै जीवनका अनुभव सुन्ने र केही नयाँ कुरा सिक्ने ठूलो इच्छा छ। 🙏
तपाईं काठमाडौं आउनुभएको थाहा पाएपछि सम्पर्क पनि गरेको थिएँ। तर त्यतिबेला समय अलि ढिलो भइसकेछ। भेट्ने अवसर नमिले पनि मनमा भेट्ने र केही समय सँगै बसेर पुराना सम्झना तथा जीवनका कुरा गर्ने चाहना भने अझै उस्तै छ। 🙏
आजको यो विशेष दिनमा फेरि एकपटक:
सेवानिवृत्त जीवनको हार्दिक शुभकामना तथा जन्मदिनको मंगलमय शुभकामना, आदरणीय गुरु वसन्त सर🎂🙏
आगामी दिनहरू सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, पारिवारिक आनन्द र निरन्तर मुस्कानले भरिपूर्ण रहून्। तपाईंले जीवनभर बाँड्नुभएको ज्ञान, संस्कार र शिक्षाको उज्यालो पुस्तौँसम्म फैलिरहोस्🙏
तपाईको बिद्यार्थी धन जित साँबा
Name: Dhanjit Limbu
Phone: 9813434936/9851134936
E-mail: [email protected]
Address: Sinamangal-9,Tilganga Kathmandu
Website: https://www.dhanjit.com.np
Facebook Youtube Twitter