अमेरिकाको प्रभाव विस्तार र खाडी मुलुकहरूमा बढ्दो तनावका कारण नेपाली श्रमिकहरू संकटमा पर्ने तथा देशले रेमिटेन्स गुमाउने चिन्ता बढिरहेका बेला पछिल्ला केही घटनाहरूले नयाँ बहस सिर्जना गरेको छ ।
हालै सम्पन्न निर्वाचनमा भारत र अमेरिकाको ट्याक लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अत्यधिक बहुमत हासिल गर्नु, त्यही समय आसपास अमेरिकी सेनाका उच्च पदाधिकारीको नेपाल भ्रमण हुनु, तथा सीमावर्ती मोरङको मनमोहन बिश्वबिद्यालयमा चिनियाँ राष्ट्रपति शी जिनपिङद्वारा लिखित पुस्तक जलाइएको घटना-यी सबै घटनाहरूलाई एउटै सन्दर्भमा राखेर हेर्दा विभिन्न अड्कलबाजीहरू सुरु भएका छन् ।
यि घटनाहरूबीच प्रत्यक्ष सम्बन्ध रहेको ठोस प्रमाण नभए पनि समयको समानताले शंका उत्पन्न गराएको छ,कतिपयले यसलाई “स्याल करायो र कुखुरा हरायो” भन्ने उखानसँग तुलना गर्दै अन्तर्राष्ट्रिय शक्तिहरूको प्रभाव नेपालमा बढ्दै गएको संकेतका रूपमा व्याख्या गरेका छन् ।
एकातिर देशमा स्थायी सरकार गठन भएकोमा आम नेपाली नागरिक आशावादी देखिन्छन् अर्कोतिर राष्ट्रियता खतरा र कमजोर बन्ने हो कि भन्ने चिन्ता पनि उत्तिकै बढ्दै गएको छ ।
नेपालजस्तो भूराजनीतिक रूपमा संवेदनशील देशमा कूटनीतिक सम्बन्धलाई सन्तुलन गर्न नसकिएमा गम्भीर परिणाम आउन सक्ने जोखिम छ ।
यस्ता घटनाहरूलाई समयमै गम्भीर रूपमा अध्ययन गरी वास्तविकता र अफवाहबीच स्पष्टता ल्याउन आवश्यक छ, साथै सम्भावित चुनौतीहरूलाई समयमै समाधानतर्फ लैजानु अपरिहार्य छ ।
Name: Dhanjit Limbu
Phone: 9813434936/9851134936
E-mail: [email protected]
Address: Sinamangal-9,Tilganga Kathmandu
Website: https://www.dhanjit.com.np
Facebook Youtube Twitter