रेडियो

 

लिम्बू कथानक नेपाली सुगुप चलचित्र हङकङमा १० फेब्रुअरी २०२४ सनिवार बेलुकी ५:०० बजे र ७:०० बजे GH wahmpoa cinema wahmpo plaza को हल १,२,३,४ मा प्रदर्शन  भएको थियो दर्शकको बाक्लो उपस्थिति रहेको उत्पादन तथा व्यवस्थापक र चलचित्र प्रर्दशनकै शिलशिला हङकङ पुग्नु भएका इन्द्र शेर्पाले जाकारी गराउनु भयो ।

काठमाण्डौमा यहि मिति २०८० फागुन १२ र १७ गते Big Movies City Centre काठमाण्डौमा Premiere Show हुने चलचित्रका निर्देशन लोकेन साँबा लिम्बू जानकारी दिनु भएकोछ ।

सुत्केरी अवस्थामै आमाको अथवा बच्चाको मृत्यु भयो भने लिम्बू संस्कारमा सुगुप भन्ने प्रचलन छ । आमा-बच्चा दुवै या कुनै एकको मृत्यु भएमा अन्तिम दाससंस्कार समेत भिन्न तरिका येबा,फेदाङमा,साम्बा बाट गरिन्छ ।

चलचित्रले नेपालको दुर्गम पहाडी जिल्लाहरुमा अझै पनि स्वास्थ्य अभाबका कारण आम-आमाहरुले बिडा भोगिरहेका र त्यसै कारण आमा र सन्तान गुमाई रहेका विभिन्न उतार चडावको कथा प्रस्तुत गरि समेटिएको करोड नेपाली रुपैयाँ लगानी भएको चलचित्र सामाजिक तथा पारिवारिक चलचित्र सुगुप लिम्बू भाषा संस्कार संस्कृतिको सम्बर्द्धन तथा यसलाई भावी पुस्तामा हस्तान्तरण गर्ने उदेस्यले निर्माण गरिएको हो ।

चोकफुङ ईन्टरटेनमेन्ट प्रा.लि. को ब्यानरमा हङकङमा लामो समय देखि बसोबास गर्दै आउनु भएका व्यवसायी तथा समाजसेवी रबिनकुमार नाल्बो द्वारा प्रस्तुत लिम्बू साँस्कृतिक नेपाली कथानक चलचित्र सुगुपको हङकङ बाट प्रदर्शन सुरु भएको छ ।

यसै गरि रिटार्यड व्रिटिश आर्मी सैलेन्द्र कुमार नाल्बो,दिलमाया लाबुङ नाल्बो निर्माता एल पि साँबा लिम्बू,मनिसा सुब्बा नाल्बो,श्री प्रसाद माबो,राम प्रसाद पंधाक सह-निर्माता रहनु भएकोछ ।

लोकेन साँबाको कथा निर्देशन रहेको सुगुपको पटकथा देबेन्द्र खापुङले लेखेका हुन् भने युवराज राई बिरबहादुरले यस्को छाँयाङकन गरेका छन् यासेली योङहाङ र जानु काम्बाङको गीतमा अशोक लोहरुङ राईले संगीत भरेका छन् भने राजेसपायल राई,अन्जु पन्त,मनु नेम्बाङ,सुनिता थेगीम,भिम लिम्बू ,रुकमान लिम्बू हरुको स्वर रहेको सुगुपको नृत्यनिर्देशन कमल राईले गरेका हुन् नेपाल तथा भारतमा छाँयाङकन गरिएको सुगुपमा प्रेम सुब्बा,यासेली योङहाङ,मौसम ईम्बुङ लिम्बु(फुलेन्देको बाउ),बबिता नेयोङहाङ,डम्बरकुमारी पयाङगो मेन्याङबो,निता लिम्बू,एमके योङहाङ,तिर्थ मादेम्बा,रुकमान लिम्बू,सैलेन्द्र कुमार नाल्बो,सुम्निमा खापुङ,योमन सोदेम्बा,उदय बेघा,रबिन कुमार नाल्बो, लगायत थुप्रै कलाकार हरुले अभिनय गरेका छन् भने बिपिन मल्लले सम्पादन गरेको सुगुप चलचित्रमा सुनयमान श्रेष्ठले साउण्ड डिजाइन गरेका छन् ।

सिक्किम बेलायत र नेपालमा पनि सिघ्र प्रदर्शन हुने जानकारी प्रस्तुकर्ता  रबिनकुमार नाल्बोले जानकारी गराए ।

सम्बन्धित

Copyright © 2015-2025 Dhanjit Limbu