रेडियो

असार ७ सुक्रबार २०८१ नेपाल चलचित्र विकास बोर्ड चाबहिलमा

चोकफुङ इन्टरटेन्मेन्ट प्रा.लि. को ब्यानर मार्फत लोकेन साँबाद्वारा निर्देशित प्रभास “हङकङ” मा लामो समय देखि कर्म थलो बनाएर  निरन्तर आफ्नो भाषा,धर्म,संस्कृति बचाउ अभियानमा अहोरात्र लागिरहनु भएका अभियान्ता गिता पालुङ्वाको निर्माण तथा शब्द मनु नेम्बाङ, शीवकुमार सम्बाहाङफेको स्वर, श्याम आङ्लाको संगीत संयोजन,अशोक कुमार राई (लोहोरुङ) को ब्यागराउन्ड म्युजिक,सुनय मान श्रेष्ठको डबिङ साउन्ड डिजाइन रहेको गिता पालुङ्वा अफिसियल च्यानलको संयुक्त आयोजनामा म्युजिकल पालाम “हङकङ र चाईना भाग-३” को भव्य विमोचन समारोह नेपाल चलचित्र विकास बोर्ड चाबहिलमा प्रमुख अथिती माननीय संघीय उपसभामुख ईन्दिरा राना मगर, संघीय सांसद लिला देबि बोखिम, प्रदेश न.१ पुर्व स्वास्थ्य मन्त्री तथा माननीय निर्मला दावा, किराँत याक्थुङ संघीय अध्यक्ष प्रेम येक्तेन लगायत विभिन्न संघ-संस्थाका प्रमुख तथा पदाधिकारी, बौद्धिक बुद्धिजीवी, र निर्देशक, कलाकारहरूको उपस्थितिमा कार्यक्रम भव्य रुपमा सफल भएको थियो ।

यस कार्यक्रम अन्य भन्दा भिन्न र विशेष थियो कार्यक्रम संचालिका देखि प्रमुख अथिति,विशेष अथिति सबै महिला थिए भने पुरुष प्रतिनिधित्व मात्र गराईएको थियो प्रमुख अथितिलाई लिम्बु संस्कार अनुसार च्याब्रुङ बजाएर स्वागत गरिएको थियो भने आयोजको तर्फबाट सभा-अध्यक्ष गरिरहनु भएका गिता पालुङ्वाले मायाको चिनो “तङबा” दिएर कार्यक्रम औपचारिक रुपमा सुरु भएको थियो ड्यासमा आशिन अतिथिहरूको उपस्थिति देख्दा कार्यक्रम महिला मैत्री सशक्तिकरणलाई प्रोत्साहन दिने खालको देखिएको देखियो ।

भिडियोमा प्रेम सुब्बा, मनु नेम्बाङ, गीता पालुङ्वा,उदय बेघा, सलमान थलङ, धनजीत साँबा, निरोज लिबाङ, बिमला ईवारम, नैना कला वनेम, रत्न लावति लिङ्देन, मन माया आङ्बुहाङ लगायतका कलाकारहरुको अभिनय छ ।

भिडियोको लागि लिंक क्लिक गर्नु होला 👇

https://youtu.be/aMWtxWv3_AQ?feature=shared

सम्बन्धित

Copyright © 2015-2025 Dhanjit Limbu