गाली होइन, जिम्मेवारी: परिवर्तनका लागि अब हातेमालो गरौं
हामी नेताहरूको आलोचना गर्छौं, कसैले देश बिगारे, कसैले भ्रष्टाचार बढायो भनेर आक्रोश पोख्छौं, सामाजिक संचालमा उग्र भएर गालीगलौजमा उत्रन्छौ तर आफूले त्यो स्थानमा पुग्ने प्रयास गर्दैनौं, यथार्थ के हो भने, अनपढ, अयोग्य भनिएका नेताहरू पनि जनताको अनुमोदनबाटै आएका हुन् भन्ने बिर्सन्छौ।
आफूलाई पढेलेखेका, विद्वान ठान्नेहरू चाहिँ किन पछाडि छन्? किन जोखिम लिन चाहँदैनन्? लोकप्रियता गुम्ला भनेर राजनीतिबाट टाढा बस्ने प्रवृत्तिले मुलुकको राजनीति सदैव केही माफिया भ्रष्टाचारीहरुको घेराभित्र सीमित रहन्छ ।
अब गाली र दोषारोपणले देश बन्दैन, यदि साच्चिकै देशको चिन्ता छ भने सक्रिय सहभागिताको साथ राजनीतिक दलहरूकै माध्यमबाट अगाडी बढ्ने हिम्मत गरौं संसारको कुनै पनि देशमा स्वतन्त्र बौद्धिकहरूले मात्र शासन गरेका उदाहरण कहि कतै पनि छैनन् लोकतन्त्रको मूल आत्मा नै राजनीतिक दलहरू हो ।
त्यसैले, अब परिवर्तनको जिम्मा हामी सबैले लिनुपर्छ जसले जहाँबाट जे सकिन्छ, त्यहींबाट सहयोग गर्नुपर्छ वडा, पालिका, जिल्ला हुँदै मुलुक चलाउने सम्म ।
माओवादी केन्द्रले तय गरेको नीति अबको यात्राको स्पष्ट दिशानिर्देश बनिसकेको छ।
घामजत्तिकै प्रष्ट भइसकेको छ हिजोका भ्रष्टाचारी र माफियाहरूलाई एकपछि अर्को गर्दै जेल चलान गरिनु सर्वविदित तथ्य हो त्यसमा कसैको दुईमत छैन ।
परिवर्तनका सपना देख्नेहरूका लागि माओवादी केन्द्र अब वैचारिक अस्पष्टता छैन, जिम्मेवार राजनीतिक भूमिका रोज्ने चरणमा प्रवेश गरिसकेको छ, अबको बाटो सहमति, सहकार्य र जनउत्तरदायी नीतिका माध्यमबाट मुलुकलाई स्थायित्व, समृद्धि र सामाजिक न्यायतर्फ अघि बढाउने नै माओवादी पार्टी हो।
यो बाटो नाराको मात्रै होइन कार्यन्वयनको हो; विरोधको मात्रै होइन निर्माणको हो; शक्ति प्राप्तिको मात्रै होइन सेवाको बाटो हो।
त्यसैले, यो यात्रालाई अझ फराकिलो बनाउँदै सबै प्रगतिशील शक्ति, युवा र बुद्धिजीवीहरूलाई समेटेर मुलुकको समुन्नत भविष्य निर्माणतर्फ एकजुट भएर अघि बढ्नु आजको आवश्यकता हो ।
निष्कर्षमा: स्वतन्त्रले दुनियाँमा कहीँ पनि राज्यसत्ता चलाएको उदाहरण छैन, त्यसैले राजनीतिक पार्टीको विकल्प स्वतन्त्र होइन, अब ‘स्वतन्त्र हुँ, बौद्धिक हुँ’ भन्दै अरुलाई मात्र आलोचना गर्दै नबसौ, आउनुहोस् हामी सबै मिलेर मुलुक निर्माणमा थोरै भए पनि योगदान दिऔं, किनभने राजनीतिक दलको विकल्प ‘स्वतन्त्र’ होइन, जिम्मेवारी सहितको राजनीतिक दलमा सहभागिता नै हो ।
Name: Dhanjit Limbu
Phone: 9813434936/9851134936
E-mail: [email protected]
Address: Sinamangal-9,Tilganga Kathmandu
Website: https://www.dhanjit.com.np
Facebook Youtube Twitter