रेडियो

 

ताप्लेजुङ कलाकार कल्याणकारी कोष’ स्थापनार्थ हुने ‘ताप्लेजुङ साँझ’को तयारी पुरा भएको आयोजकले जनाएको छ । ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौंको आयोजनामा यही माघ १७ गते ‘ताप्लेजुङ साँझ हुदैछ । नेपाल प्रज्ञा प्रतिष्ठानको भवन कमलादीमा आयोजना हुने कार्यक्रमको तयारी लगभक पुरा भएकोछ ।
ताप्लेजुङका कलाकर्मीहरूको हक हित, संरक्षण, प्रवर्द्धन, गरिबीका कारण शिक्षा बाट बञ्चित बालबालिकाहरुको लागि शैक्षिक उत्थानका लागि ‘ताप्लेजुङ शैक्षिक र कलाकार कल्याणकारी कोष’ स्थापनार्थ कार्यक्रमको आयोजना गर्न लागिएले कलाकार मात्र नभई समग्र ताप्लेजुङ बासिहरुको हितमा देखिन्छ त्यसैले तपाई ताप्लेजुङ बासि कलाकार भएर पनि कुनै कारण बश छुटिन्नु भएकोेछ भने पनि कुनै सङ्कोच नमानि आबद्ध हुनु र हातेमालो गर्नु नै बुद्धिमानि हुनेछ ।
समय र अवसर सधैं आउदैन त्यसैले त्यो यो नभनी आआफ्नै भूमिका बाट तन्-मन देखी नै सहयोग गरौ र ताप्लेजुङ साँझ सफल बनाऔ ।

हाम्रो गौरब ! हाम्रो ताप्लेजुङ !!

Copyright © 2015-2026 Dhanjit Limbu