रेडियो

राष्ट्र नेताहरुलाई सम्मान गर्नु पर्छ तर देशै भरि दर्जन मात्र होईन सयौं आयोजनाको नाम मदन भण्डारी बि.पी. कोईराला ? प्रदेश न. १ मै मात्र दर्जनौ आयोजनाहरु संचालित छन लिम्बुहरुको हजारौं पुरानो पिता पुर्खाहरुको समादी स्थलहरु मासेर धमधम मदन भण्डारी पार्क अरे कोही रंगशाला कोही राजमार्ग कोही होस्पिटल स्कुल भवन बन्दैछ्न ।

बनाउ निश्चित ठाँउमा जस्दै जन्मको ठाँउ,हुर्केको ठाँउ,पढेको ठाँउ,मरेको ठाँउ नभए काठमाण्डौमा अन्तरास्ट्रिय लेबलको एउटै बनाउ तर भब्य बनाउ जहाँ सम्मान पनि होस के को आधारमा पाँचथरको कुम्मायक झापाको पाराजुङ्गी संग के सम्बन्ध छ मदन भण्डारीको ? के बि.पी. कोईराला र मदन भण्डारी नाम नराख्दा योजना नै नदिने हो ? दशकौंदेखि मोरङको मंगलबारे स्वास्थ्य चौकी होस्पिटल स्तर उन्नति नभएको मदन भण्डारी होस्पिटल बनाउनु बितिकै सम्पुर्ण सेवासुबिधा उपलब्ध गराउने अरे नामाकरण कै कारणले काङ्ग्रेस र नेकपा को जुलुस सडक सम्म निस्कनु भ्याए बाटो-घाटो स्कुल, हस्पिटल, सार्बजनिक भवन, रंगशाला, पार्क नामाकरण गरि सके भोलि प्रधानमन्त्री केपि शर्मा ओलिको, सभापति सेर बहादुर देउवाको,पाटी अध्यक्ष पुष्प कमल दाहालको अध्यक्ष उपेन्द्र यादबको नाम चाहिँ के मा राख्ने ? पाईखानामा राख्ने ? त्यति मात्र होईन आदिबासीहरुको संस्कृति र अस्तित्व माथी प्रहार हुन्दैछ यो शृङ्खला रोकिएना भने जनजाती मात्र होईन गैर जनजातिहरु पनि खबरदारी गर्दै सडकमा उत्रिनेछन अब त अति भो अति भए पछि छ्यति हुन्छ ।

Copyright © 2015-2026 Dhanjit Limbu