रेडियो

साना लगानी ब्याबसाय गर्नेहरुको एक प्रतिनिधि पात्र म ठुला ब्याबसायिहरुको ब्याथा आफ्नै होला श्रमिकको आफ्नै होला ।

Date 2020/07/13 monday time 13:20

४ महिना लामो लगडाउनले गर्दा बालबच्चा श्रीमती र आमा संग घरमै बसाई भयो माहामारिको बिचमा सासुआमाले पनि सधैको लागि हामी सबैलाई छोडेर जानू भयो (२०७७ जेष्ठ १८) घरमा यस्तो पारिवारिक बिडा हुँदाहुँदै काठमाण्डौ जान रहर थिएन तर दुब्न लागेको ब्याबसायलाई कसरी बचाउन सकिन्छ भन्ने चिन्ताले ब्याबसाय बचाउन संगतग्रस्त समयमा परिवारलाई छोडेर काठमाण्डौ जानेक्रममा सिराहाको मिर्चैया देखि १ किलोमिटर पुर्ब अनुमानित १०० को स्पिटमा थियौं होला तर अचानक एक सुस्तमनुस्थिती भएको बर्ष २६ को एक स्थानीय साईकल यात्रीले अचानक बाटो क्रस गरे पछि ती यात्रीलाई बचाउदा हाम्रो सवार गाडीले केही नियन्त्रण बाहिर गए पनि हामी चारै जना सवार सकुशल बच्न र बचाउन सफल भयौं पुन जन्म पाएको महसुस भएकोछ।

यो सबै मेरै कमजोरीपन रहेछ यस्तो कष्ट गरेर काठमाण्डौ आईपुगियो तर न ब्यापार ब्याबसाय चल्छ न दुब्न लागेको ब्याबसाय थमाउन बैंकले ऋण माग्दा दिन्छ (बैंकको जवाफ जस्ताकोतस्दै अब केही सहज भएर ब्याबसाय चलोस अनि मात्र तपाईलाई ऋण दिन सक्छौं) सुनिछ बिकसित देशहरुमा हप्ताको लगभग नेपाली रुपैया ५०/६० हजार सरकारले भत्ता दिन्छ अरे यहाँ हामी ऋण माग्दा समेत पाउने अबस्था छैन । सरकार हामिलाई राहात पनि चाहिएन अनुदान पनि चाहिएन ब्याबसाय ऋण मात्र उपलब्द गरिदेउ हामी ईमानदारिका साथ कर सहित ऋण पनि तिर्छौ कर पनि तिर्छौ ।

सम्बन्धित

Copyright © 2015-2026 Dhanjit Limbu