रेडियो

बहादुर सिंह चङबाङ सावाँको नाति स्व पदम बहादुरको श्रीमती कमल माया थलङ सावाँ मिक्वाखोला १ (साबिक खोक्लिङ २) मा बसोबास गर्नु हुने निज कमल मायाको नाममा रहेको मिक्वाखोला ४ (साबिक सावाँ ३) किता न.२०९ क्षेत्रफल १.९.२.०. सिङ्गो गाउँको मुटुमा रहेको अहिलेको अवस्थामा मूल्य रु १२ लाख पर्ने जग्गा सावाँ बंशहरुको साझा संस्था सावाँ मिङ्स्रा सङचुम्भोको नाममा आफ्नो स्वर्गीय बुबा बाजे र आमाको स्मृतिमा निशुल्क ताप्लेजुङ मालपोत कार्यलय बाट रजिस्ट्रार पास गरि प्रदान गरि दिनु भएकोछ सावाँ बंश माथी ठुलो योगदान पुर्याउनु भयो छोरा सुर्य कुमार चङ्बाङ सावाँ र विशेष सहयोगी भुमिका निभाउनु हुने पथरी सनिश्चरे न.पा. निवासी संस्थाका केन्द्रिय सदस्य हस्त बिर चङबाङ सावाँलाई यस संस्थाले जति प्रशंसा गरे पनि कमि हुन्छ ।

यस प्राप्त गरेको जग्गा (ठाँउ) लाई दाताले ईच्छाएको बुबा-आमाको नाम बाट नामाकरण सहित ४ पुस्ते शिलालेख स्तम्भ राख्ने र औंपचारिक कार्यक्रम गरि दाताहरुलाई उच्च सम्मान गर्ने भनि संस्थाको महासचिव मंगल सिङ सावाँको रोबहर र अन्य सदस्यहरुको उपस्थितिमा सम्झौता भएकोछ र यहि आर्थिक बर्ष २०७७/७८ बाट बिनियोजित सामुदायिक भवनको रकम रु १३,००,०००/- (अक्षरी तेह्र लाख रुपैया) ले यसै ठाँउमै भवन निर्माण सुचारु गरिन्नेछ ।

सम्बन्धित

Copyright © 2015-2025 Dhanjit Limbu