रेडियो

सामान्य नागरिक देखि उच्च बौद्धिक कुटनितिक र राजनितिज्ञ सम्मको ब्याक्तित्वहरुको बहस र ध्यान मिलेनियम च्यालेन्ज कर्पोरेसन (MCC) तिर भई रहंदा म मेरो पनि ध्यानाकर्षण नहुने कुरो रहेन । हिज २०५२ सालमा महाकाली सन्धी गर्दै गर्दा जसरी नेपाली जनतालाई उल्लु बनाउदै सन्धी पश्चात् भारत सरकारले नेपाल सरकारलाई बर्षेनी अरबौं रुपैया दिनेछ र नेपालको बिकास निर्माणमा कायापलट हुनेछ र सुखी समृद्ध नेपाल र नेपाली हुनेछ भनि हौवा पिटेको थियो ठिक उल्टो रातारात सन्धी पक्षधर मत्तियारहरु मात्र सुखी समृद्ध भए र अहिले सम्म उनीहरु नै बोलवाला र दबदबा छ हामी नेपाली जनतालाई समृद्ध होईन उल्टो अन्याय मात्र पाएका छौ ति मत्तियारहरु नै अहिले आएर यिनै नाईकेहरु नै  ४५ करोड ९५ लाख अमेरिकी डलर को लोभ देखाउदै ट्रान्समिसन लाइन र रोड (सडक) बिस्तार गर्ने त्यस पछि देशमा कायापलट हुनेछ र सुखी समृद्ध नेपाल र नेपाली हुनेछ भन्दै फेरी हौवा पिट्दैछन् हामी पनि जन्म दिने असली बा लाई बिर्सेर यी मत्तियारहरुलाई “बा” भन्दै अगाडी पछाडी तालि बिट्दै  हिड्दै छौं।

तत्कालिन प्रधानमन्त्री शेरबहादर देउवाको नेतृत्वमा नेपाली कांग्रेसको सरकार थियो भने सन्धीका पक्षधरमध्येका केपी शर्मा ओली दर्ह्रो संग उभिएर साथ् दिएका थिए र एमालेभित्र सन्धीको पक्ष विपक्ष भएपछि तत्कालिन एमाले नेता केपी शर्मा ओलीको संयोजकत्वमा सात सदस्यीय महाकाली सन्धी अध्ययन कमिटि गठन गरिएको थियो । २०५२ माघ १५ का दिन परराष्ट्रमन्त्रीस्तरका हस्ताक्षरीय महाकाली सन्धिमा २०५२ माघ २९ का दिन नयाँ दिल्लीमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री पीभी नरसिंह रावलले हस्ताक्षर गरे ।

सामान्य म जस्तो नेपाली नागरिकहरुको मानसपटलमा खुल्दुली लाग्न स्वाभाविक हिज त्यहि महाकाली सन्धी गरेर राष्टघाट गर्ने नाईकेहरु नै अहिले मिलेनियम च्यालेन्ज कर्पोरेसन (MCC) को पक्षमा वकालत गर्दैछन् । यि मत्तियारहरुलाई नेपाली जनताहरुले प्रष्ट सँग चिनिसके अब माफ दिने छैन् ।

सम्बन्धित

Copyright © 2015-2025 Dhanjit Limbu