रेडियो

फङफङदेन देवीस्थान क्षेत्र आफैमा ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय एक सुन्दर टापु हो। फङफङदेन झरना खोला झरि मन्दिर छेउमा छुट्टिएर बनेको दुई नदिले बनाएको मन्दिर क्षेत्रको टापु आफैंमा सुन्दर र सांस्कृतिक रुपमै महत्वपुर्ण छ। यो क्षेत्र सॉंबा वंशहरुको ऐतिहासिकतासंग जोडिएको कारण पनि यो क्षेत्र रक्षाका लागी सॉंबा वंशहरुको विशेष भुमिका आबश्यक छ। साथै यस क्षेत्रको पर्यटकीय विकासले त्यस क्षेत्रका स्थानीयहरु प्रत्यक्ष लाभान्वित हुने भएकोले स्थानीय जनता र त्यहाका जनप्रतिनिधिहरुको संचेतना पुर्वक भुमिका र खवरदारी अझै महत्वपुर्ण छ ।
मिक्वाखोलाको लागी पर्यटकीय हिसाबले तोप्केगोला र फङफङदेन क्षेत्र अति महत्वपुर्ण र भविष्य हो त्यसैले पनि यी क्षेत्र कुनै पनि अर्थमा जोगाउनु पर्छ ।

१, हाईड्रो कम्पनी एउटा व्यापारीक संस्था हो, त्यो हाईड्रो चल्दा, नचल्दा वा एक दुई मेगावाट कम वेसी उत्पादन हुंदा त्यहाको स्थानीय जनतालाई के फरक पर्छ र ?
२, एक व्यापारीक उदेश्यले संचालीत कम्पनीलाई ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय स्थललाई असर नपर्ने गरि मात्र त्यो हाईड्रो संचालन गर्न दिनु पर्छ।

३, फंगफंगदेन झरनाको आधार स्थल अर्थात मन्दीर क्षेत्र र झरनाबाट झरेर दुई खोलाले बनेको सुन्दर टापुको क्षेत्र वा मन्दीर वरपरका ऐतिहासिक सास्कृतिक, प्राकृतिक संरचनाहरु, वन जंगललाई असर गर्न दिनु हुदैन ।
४, ब्यापारिक उदेश्यले संचालीत हुने हाईड्रो कम्पनीबाट एउटा ब्यापारीले मात्र नाफा गर्ने हो ।
५, फङफङदेन क्षेत्रको सांस्कृतिक ऐतिहासिकता, पर्यटकीय भर्जिनिटी जोगाएर हाम्रो सन्तानको लागी उपहार दिनुपर्छ र त्यो जुगजुगसम्म वरदान हुनेछ ।
६, फङफङदेन क्षेत्रको सांस्कृतिक ऐतिहासिकता, पर्यटकीय भर्जिनिटी जोगाएर हाम्रो सन्तानको लागी उपहार दिनुपर्छ र त्यो जुगजुगसम्म वरदान हुनेछ।
बेलैमा सोंचौं, त्यस्ता हाईड्रो परियोजना त थुप्रै बनाउन सकिन्छ तर भएको त्यो रमणीय सांस्कृतिक, प्राकृतिक पर्यटकीय क्षेत्र बिगारेर नास गरि सके पछि फेरि भोली त्यो चाहेर पनि पाउन सक्दैनौं ।
यस कारण फङफङदेन क्षेत्रको रक्षाका लागी सबै सचेत बनौं।सबैको साथ रहोस, एउटा ब्यापारिक उदेश्यले संचालित हाईड्रो कम्पनीबाट त्यो क्षेत्रलाई कुनै अर्थमा पनि असर पार्न दिइनेछैन ।

Copyright © 2015-2026 Dhanjit Limbu