रेडियो

पाटी भित्र र बाहिर सत्य र भ्रम आम चिरफारको लागि नेपाली जनता सँग प्रयाप्त छलफल गरि राज्यको सम्पूर्ण संचार माध्यमबाट सुचिश्क्षित गर्न समय माग्नु चिठी लेख्नु कुनै ठुलो कुरो होईन यस कुरालाई उच्चालेर सगरमाथा बनाउनु भनेको नेपाली जनतालाई भ्रममा पार्नु खोज्नु मात्र हो । तर कहिँन कतै लोभलाभ र स्वार्थको गन्ध चाहिँ पक्कै प्रचन्डमा देखिएकोछ यतिको दुरदर्क्षी नेताले चिठीमा हस्ताक्षर गर्नु गलत थियो । गठबन्धन सरकार र जनता सँग प्रयाप्त छलफल सत्य र भ्रम चिरफार गर्न सामान्य समय मागको लागि प्रत्रचार गर्नलाई अर्थ मन्त्रालयको सचिब, सह-सचिबले हस्ताक्षर गर्नु पर्नेमा राष्ट्रको कार्यकारी प्रमुख र सट्टा साझेदार प्रमुखले चिठीमा हस्ताक्षर गर्नु प्रचण्ड पनि मिलेनियम च्यालेन्ज कर्पोरेसन (MCC) कै पक्षमा त होईन भन्ने सम्पूर्ण नेपाली जनतालाई लाग्न स्वाभाविक हो । यदि प्रचन्ड मिलेनियम च्यालेन्ज कर्पोरेसन (MCC) को पक्षमा हो भने आज सम्म कुन शक्तिले मिलेनियम च्यालेन्ज कर्पोरेसन (MCC) लाई रोकेको थियो ? नेकपा माओबादी केन्द्रको पुष्प कमल दाहाल प्रचन्ड ? नेपाली कांग्रेसको शेर बहादुर देउवा ? नेकपा एमालेको केपि शर्मा ओली ? संघीय समाजबादीको बाबुराम भट्टराई ? कृष्ण बहादुर महरा कुन पाटीको सभामुख थिए ? अहिलेको सभामुख अग्नि प्रसाद सापकोटा कुन पाटीको हो ? के उनीहरुको भूमिका छैन र थिएन ? साच्चिकै प्रचन्डले चाहेको भए यि सभामुख हरुले सांसदमा टेबल गर्न सक्दैनथ्यो ? कि प्रचण्डले भनेको मान्दैनथ्यो यि दुई सभामुखले ? अब यि प्रश्नको चिरफार सत्य र भ्रम तोर्न सधैको लागि च्याप्टर बन्द गर्ने हिम्मत र तागत कुन नेता संग छ ? अब जस्ले हिम्मत गरेर अगाडी बढ्छ त्यही नेता प्रत्येक नेपाली जनताको मनमुटुमा बास बस्नेछ ।

Copyright © 2015-2026 Dhanjit Limbu